चरङ्गेमा व्यवस्थित घाट निर्माण

दोलखा । जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ७ स्थित चरङ्गेमा व्यवस्थित घाट निर्माण गरिएको छ। विगतका दिनहरुमा बर्खाको समयमा दाहसंस्कारको लागि पानी परेर समस्या र हिउँदमा पानी नहुने समस्यालाई समाधान गर्दै व्यवस्थित घाट निर्माण गरिएको हो।

भिमेश्वर नगरपालिका वडा नं ७ ले ५ लाख र ६ नम्बर वडाले विनयोजन गरेको ४ लाख रुपैयाँ रकमबाट घाट निर्माण गरिएको घाट निर्माण उपभोक्ता समितीका अध्यक्ष गोकुल खड्काले “हेर्दाहेर्दै” मिडियालाई जानकारी दिए।

अहिले दाहसंस्कारका लागि पक्की सुविधासम्पन्न घाट निर्माण भएपछि सहज भएको यहाँका स्थानीयवासी बताउछन्। घाट निर्माण भएपछि भिमेश्वर नगरपालिका ६ रामकोट, वडा नम्बर ७ उखुबारी, काउलेका बासिन्दाहरुको दाहसंस्कारको लागि सहज भएको समितिका अध्यक्ष खड्काको भनाई छ।

 

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता