चरिकोटमा तिहारकाे अवसरमा बजाजकाे एक्सचेन्ज मेला

चरिकोट , १० कार्तिक ।

दाेलखाकाे सदरमुकाम चरिकोटमा तिहारकाे अवसरमा बजाज माेटरसाइकलकाे एक्सचेञ्ज मेला सुरू भएको छ ।

बिहिवारबाट सुरू भएकाे मेलामा पुरानो विभिन्न कम्पनीका बाइकहरू लगेर नयाँ बाइक साटासाट गर्ने र नयाँ बाईक खरिद तथा बिक्री गर्ने कार्य भइरहेकाे मेलाका संचालक घनश्याम बस्नेतले बताए ।  मेला कार्तिक ८ गते बाट सुरू भइ १३ गते सम्म संचालन भइरहेको बस्नेतले बताए।

हाल दाेलखामा लागेकाे मेलाले बाइक खरिद तथा बिक्रीका लागि सुबर्ण अबशर बनेकाे बताइएकाे छ। दाेलखामा बजाजकाे साेरूम नहुँदा सेवाग्राहीहरू मर्कामा परेका थिए ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता