चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न 

राजकुमार भुजेल,दोलखा ।

दोलखाको सदरमुकाम चरिकोटमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । शनिबार अखिल नेपाल खेलकुद महासंघ दाेलखाकाे आयाेजना तथा नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखाकाे प्राविधिक सहयाेगमा गरेको रक्तदान कार्यक्रममा महिला ४ जना र पुरुष २६ जना गरी ३० जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका पुर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले गरेका थिए। उनले सो अवसरमा कतैपनि रगत अभाव हुन नदिन रक्तदान गर्नुपर्नेमा जोड दिए । ‘रक्तदान नै जीवन दान हो’, उनले भने, ‘रक्तदानमा युवाहरूको सहभागिता महत्त्वपूर्ण हुन्छ ।’

त्यस्तै संघका अध्यक्ष विमल ओलीको अध्यक्षतामा सम्पन्न भएको बृहत कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा जनप्रतिनिधि,युवा, बुद्धिजीवी लगाएतको उपस्थिती रहेको थियो। कार्यक्रम रक्तदान गर्नेहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता