राजकुमार भुजेल,दोलखा।
दोलखाको सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिट फुड फेस्टिवल हुने भएको छ। जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको सदरमुकाम चरिकोटमा “दोलखा स्ट्रिट फुड फेस्टिवल २०८२” नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आगामी चैत ३१ गतेदेखि २०८२ साल बैशाख २ गते सम्म स्ट्रिट फुड फेस्टिवल हुने भएको हो।
सोमबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन मार्फत दोलखा चेम्बर अफ कमर्स र दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा जिल्लाको व्यापार व्यवसायलाई थप चलायमान गराउने उद्देश्यले जिल्लाको कृषि, पर्यटन, महिला उद्यम लगायत स्थानीय जातजातिको रैथाने सानाका परिकार तथा विविध लोपोन्मुख सास्कृति क्षेत्रलाई उकास्न कार्यक्रमको आयोजना गरिएको चेम्बरका अध्यक्ष रूद्र जंग बुढाथोकीले जानाकारी दिए।
आयोजकका अनुसार कार्यक्रममा खानाको प्रतियोगिता, प्रदर्शनी र स्वाद परीक्षण दर्शकहरुलाई स्थानीय खानाको विविधता र स्वादको अनुभव गराइनेछ। साँस्कृतिक कार्यक्रमहरु अन्तर्गत स्वदेश गानमा नृत्य प्रतियोगिता, खाना प्रतियोगिता लाइभ दोहोरी र परम्परागत झाँकी प्रदर्शनी दोलखाको साँस्कृतिक सम्पतिलाई व्यापक गर्नुका साथै स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रत्यक्ष प्रस्तुति एवंम् प्रदर्शनी रहने आयोजकले जनाएको छ।
महाभुकम्प, नाकावन्दी र आर्थिक मन्दीको कारण, २०७६ सालमा देखिएको कोभिड – १९ ले उठ्नै नसक्ने अवस्थामा रहेको व्यापार व्यवसायलाई चलायमान बनाउने आयोजकको लक्ष्य समेत रहेकाे छ।