आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारचलचित्र विकास बोर्ड अध्यक्षका लागि अभिनेत्री करिस्मा मानन्धर सहित ६ जनाको आवेदन

चलचित्र विकास बोर्ड अध्यक्षका लागि अभिनेत्री करिस्मा मानन्धर सहित ६ जनाको आवेदन

by herdaherdaimedia
0 comments 4 views

काठमाडौँ । चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ ।

आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, अभिनेत्री करिस्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत रहेका छन् । गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो ।

आवेदन दिने म्याद बिहीबार सकिएको छ । आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ । त्यसपछि, मन्त्रालयले आवेदन दिएका व्यक्तिहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले ती नामबाट एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment