आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारचितवन सिमताल बाढीपहिरो: एक जनाको शव भेटियो 

चितवन सिमताल बाढीपहिरो: एक जनाको शव भेटियो 

by herdaherdaimedia
0 comments 3 views

२९, असार । भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदीमा एक पुरुषको शव फेला परेको छ । उनको साथबाट ऋषी पाल शाह नामको ग्लोबल आइएमई बैंकको एटिएम र भारतीय आधार कार्ड फेला परेको छ । मृतकको पहिचान खुलेको छैन । तर उक्त शव बसमा सवार रहेको यात्रुको हुन सक्ने आशंका गरिएको छ। 

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन्।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ। उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment