राजकुमार भुजेल,दोलखा।
दोलखामा चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन्। घाईते हुनेमा तामाकोशी गाउँपालिका – ५ सहरे भंगेरी बस्ने अन्दाजी ५० कि मिना खड्का रहेकी छन्।
आज बिहान ९ बजे घरबाट दुध लिन जाने क्रममा बाटोमा चितुवाले टोकेर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर सत्रुधन महतोले जानाकारी दिए।हाल खड्कालाई उपचारका लागि पशुपती चौलागाई स्मृती अस्पताल चरिकोटमा ल्याएको छ ।
उनको निधारमा चोट लागेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!