चीन सरकारद्वारा निर्माणधिन जिरी माविको काम अन्तिम चरणमा 

नविन सुनुवार, (जिरी)दोलखा ।

चीन सरकारद्वारा निर्माणधिन जिरी माविको काम अन्तिम चरणमा पुगेको छ । दोलखा जिल्लाको सामुदायिक विद्यालयमध्ये पुरानो एक ऐतिहाँसिक विद्यालयको रुपमा परिचीत जिरी माध्यमिक विद्यालयको निर्माणकार्य अन्तिम चरणमा पुगेको हो । 

सन १९६० मा स्थापना भएको उक्त बिद्यालय विनाशकारी भुकम्पका कारण क्षतीग्रस्त बनेको थियो। २०७६ साल जेठ २८ गते नेपाल सरकार र चिनियाँ सरकारबीच कार्यान्वयन सम्झौता भएपश्चात् झण्डै भुकम्प गएको सात वर्षपछि काम सुरु भएको थियो । 

चीन सरकारको अनुदानमा १ अर्ब ३६ करोडमा सम्झौता भएको जिल्लाको जिरी नगरपालिका -६ मा अवस्थित जिरी माध्यमिक विद्यालय एक नमुना विद्यालय बन्नेछ । जसको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री असोकुमार राईले शिलान्यास गरेका थिए।

 उक्त निर्माण प्रकृया विविध कारणले रोकिएपनि अहिले निर्माणकार्य तिव्र रुपमा जारी रहेको छ । विद्यालय भवन लगायतका भौतिक संरचना निर्माणको जिम्मा लिएका चिनियाँ ठेकेदार कम्पनीले २८ महिना भित्र काम सम्पन्न गरि हस्तान्तरण गर्नुपर्नेछ । 

 निर्माणकार्य ९० प्रतिशत सकिसकेकोले सम्झौताको मिति भित्रनै काम सम्पन्न गरी हस्तान्तरण गरिने प्रोजेक्ट म्यानेजर लान मिङ छ्याङले बताए ।

चीन सरकारद्वारा निर्माणधीन विधालयको सुबिधा सम्पन्न भवन सम्झौता बमोजिम समयमै नेपाल सरकार एवंम विद्यालयलाई हस्तान्तरण गरिने भएकोमा विद्यालय परिवारमा थप खुशी मिलेको विद्यालयका प्रध्यानाध्यापक कुमार जिरेलले बताए ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता