आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारचैत २३ गते देखी १० दिने जिरी महोत्सव हुने

चैत २३ गते देखी १० दिने जिरी महोत्सव हुने

by herdaherdaimedia
0 comments 9 views

दोलखा । जिरी उद्योग वाणिज्य संघको आयोजनामा चैत २३ गतेदेखि १० दिने दोस्रो जिरी महोत्सव हुने भएको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनामा आगामि चैत २३ गतेदेखि वैशाख २ गतेसम्म जिरीमा १० दिने दोस्रो महोत्सव हुन लागेको हो । 

सोमबार जिरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले महोत्सवको मिति तय भएको जनाएको छ । जिरीको व्यापार , व्यवसाय , पर्यटन सुस्ताउँदै गएकाले जिरीलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको संघका अध्यक्ष बाबुराजा श्रेष्ठले “हेर्दाहेर्दै डटकम”लाई बताए । 

महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवद्र्धन गरिने उनले बताए । दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, नीजि क्षेत्र, कृषक, विभिन्न समूहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन तथा राष्टि्य तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने संघका अध्यक्ष श्रेष्ठले बताए

 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment