दोलखा। भिमेश्वर नगरपालिका वडा नं ६ चोथाङमा सञ्चालित आर.पि.एस स्टोरको उद्घाटन गरिएको छ। मङ्गलबार एक कार्यक्रमका बीच स्टोरको उद्घाटन गरिएको हो।
दग्ध विकास संस्थान (डि.डि.सि)को व्यवस्थापनमा सञ्चालित स्टोरको उद्घाटन उधोग वाणिज्य संघ दोलखा महासचिव सुरेश उप्रेतीले गरे । उक्त स्टोरमा दोलखा डेरीबाट उत्पादित डि.डि.सि दूध, दही, घ्यू, पनिर, पेंडा, खुवा, मखन, छुर्पी ,चिज आदि दुग्धजन्य पदार्थ लगाएका दैनिक उपभोग्य सामग्रीहरू पाउने स्टोरका सञ्चालक राजु शर्माले बताए । पछिल्लो महिनामा सदरमुकाम चरिकोटमा होटल व्यवसाय खस्किए सटरहरू बन्द हुने अबस्थामा पुगेको बेला आफुले चोथाङमा नयाँ उर्जाका साथ व्यवसाय सन्चालन गरेको उनले बताए।
त्यस्तै उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य सन्तोष फुयाल,वडा अध्यक्ष नविन लामा, सदस्य भरत खतिवडा, अनेरास्ववियु क्रान्तिकारी दोलखाका संयोजक आर्टिस्ट मोक्तान सहसंयोजक बिकल खड्का,हरी खड्का लगाएतको उपस्थिती रहेको थियो ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!