चोरीको ल्यापटप, आइफोन र मोबाईलसहित चरिकोटबाट कालिञ्चोक गाउँपालिकाका एक युवक पक्राउ

राजकुमार भुजेल,दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिकाका २२ वर्षिय अजिज थामी ल्यापटप, आइफोन र मोबाईलसहित पक्राउ परेका छन्। बुधबार बेलुका सदरमुकाम चरिकोटमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको दोलखा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसार कालिञ्चोक गाउँपालिका – २ घर भएका थामीको साथबाट ल्यापटप १ थान, आइफोन १ थान सहित ४ थान मोबाईल फेला परेको हो।  उक्त सामानहरु थामीले काठमाण्डौबाट चोरेर ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

पक्राउ परेका थामीलाई सामानसहित कारवाहीको लागि प्रहरी वृत जनसेवा काठमाण्डौ पठाएको दोलखा प्रहरीले जनाएको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता