दोलखा। दोलखाको सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवायुवतीको होस्टलको पाचौं तलाबाट हाम फालेर गम्भीर घाइते भएकी युवतीको मृत्यु भएको छ।पोखरा घर भई च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत अन्दाजी १९ बर्षिया वर्षीया करुणा अधिकारीको मृत्यु भएको हो।
बिहिबार आफु पढ्ने होस्टेलको पाँचौ तलाबाट हाम फालेकी अधिकारीको गएराती उपचारका क्रममा भक्तपुर स्थित मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। हामफालेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि हिजोनै काठमाडौं रिफर गरिएको थियो।
उनी पठाइको बिदा सकेर केहि दिन अघि मात्र होस्टेलमा आएको बुझिएको छ । अधिकारीले होस्टेलको पाँचौ तलाबाट हाम फाल्नुको केहि कारण भने खुलेको छैन। उनले डिप्रेसनको औषधी सेवन गर्दै आएको बुझिएको छ।।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!