आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

च्छो–रोल्पा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिए पछि विक्रमको परिवारमा खुसियाली

Home समाचारच्छो–रोल्पा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिए पछि विक्रमको परिवारमा खुसियाली

च्छो–रोल्पा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिए पछि विक्रमको परिवारमा खुसियाली

by herdaherdaimedia
0 comments 4 views

दोलखा।‌ २०८० सालको अन्तिम दिन दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ४ की ३५ बर्षिया कविता भण्डारी २२ दिनको छोरालाई खोप लगाउन स्वास्थ्य संस्था जाने तयारी गर्दै थिईन । अस्पताल आउने तरखर गर्दैगर्दा कविताका ५ सन्तान मध्ये माहिला छोरा छिमेकीको घरबाट भुइमा बजारिए,दुबै हात चलाउन सकेनन् । चरिकोट स्थित एक अस्पतालमा पुगे, प्राथामिक उपचार पछि दुवै हातको शल्यक्रिया गर्नु पर्ने भयो । चिकित्सकले काठमाण्डौं जान सुझाए, लेवर काम गर्ने विक्रमका बुवाले काठमाण्डौं झट्ट लगि हाल्ने आँट गरेनन् । अनि उनी उपचार कै लागि चरिकोटकै च्छो–रोल्पा अस्पताल आईपुगे ।

प्राथामिक उपचारपछि च्छो–रोल्पा अस्पतालले शल्यक्रियाको लागि फलोअपमा बोलायो तर छिटो र निःशूल्क उपाचारको आशले विक्रमका बुवाले उनलाई बैशाख १० गते बनेपाको एक अस्पतालमा पु¥याए । अस्पतालले जटिल शल्यक्रिया गर्न तत्काल धरौटी राख्न अनुरोध ग¥यो । निःशूल्क उपचारको आशले गएका विक्रमका बुबा त्यहाँबाट निराश हुदैं घर फर्किए र पुनः च्छो–रोल्पा अस्पताल आईपुगे ।

बिक्रमको उपचार जटिल र खर्चालु भएपनि उनको पारिवारीक अवस्था नाजुक रहेकोले अस्पतालले बैशाख १२ गते निशुल्क सल्यक्रिया गरिदिएको अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले बताए ।

विरामीको बाबुले आर्थिक अवस्था नाजुक भएकोले उपचारमा समस्या रहेको भनेपछि हामीले विरामीको निशुल्क अप्रेशन गरिदिएका छौ– अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले भने । डा. दंगालका अनुसार विरामीको जटिल शल्यक्रिया गर्न करिव डेढ लाख खर्च लाग्ने थियो । डाक्टर दंगालले आर्थिक अभावकै कारण कोही उपचारबाट बञ्चित हुन नपरोस भनेर शल्यक्रिया नरोकेको बताउनु हुन्छ । डाक्टर दंगाल भन्नुहुन्छ –विपन्न वर्गका मानिसलाई आर्थिक समस्या भएकै कारण उपचारबाट वञ्चित गराउनुहुदैन ।

भीमेश्वर नगरपालिकामा अनुरोध गरेपछि थोरै रकम दिने आश्वसन पाएको र स्थानीय केही व्यक्तिले समेत सहयोग गरेकोले त्यो रकमबाट औषधि किनेको विक्रमको आमा कविता भण्डारीले बताउनु भयो । च्छो–रोल्पा अस्पतालले निशुल्क शल्यक्रिया सहितको सेवा दिएर बिक्रमको उपचार गरीदिएको भण्डारीले बताउनु भयो । नीजि अस्पताल भैकन च्छो–रोल्पा अस्पतालले निशुल्क उपचार गरेर आफ्नो परिवारलाई गुन लगायतको उनको भनाई छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment