जनताकाे मन जित्दै नेपाली सेनाकाे गरूड दल गण, आगाेलागि पिडितकाे घर निर्माण गर्न सघायाे

दोलखा,४ असोज ।

दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणका सेनाको टोलीले कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङ पिलिखेपाका आगलागि पिडितको घर निमाणर्मा सघाएको छ । गणका प्रमुख सेनानी सुरज बस्नेतका अनुशार हप्तादिन लगाएर ६ जनाको समुहले दुई जना आगलागि पिडित धनबाहदुर थामी र गुम्बे थामी घर निर्माण  समपन्न गरि सेनाको टोली आज शुक्रबार चरिकोट फर्किएको हो ।

सोहि गाउँपालिका वडानम्बर ६ का वडा अध्यक्ष भरत पाण्डेको बिशेष अनुरोधमा थामीको घर निमाणर्मा सेनाले सघाएको हो । आगोलागिबाट थामीको लाखौ बराबरको धनमाल क्षति समेत भएको थियो । गएको २७ गते बिजुली सटभई आगलागि पश्चात् सेनाले चासो देखाएको थियो । बिपत्मा परेका नागरिकहरलाई साहायता दिने उदेश्यले आगोलागि पिडित थामीहरुको घर निमाणर् गरिएको प्रमुख सेनानी सुरज बस्नेतले बताए । 

नेपाली सेनाले प्राबिधिक र जनशक्ति सहयोग गरि घर निर्माण गरेपछि थामीका परिवारले सेनाले जिन्दगीमा भुल्नै नसक्ने गरि गुण लगाएर सहयोग गरेको आगोलागि पिडित गुम्बे थामीले बताए । 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता