जलाधारको ३७ ठाउँमा वर्षाले चेतावनी तह पार गर्‍याे, बाढीको उच्च जोखिम

काठमाडौं।

नदी जलाधारको ३७ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र अरबसागरबाट आएको जलवास्पयुक्त हावाका कारण मंगलबारदेखि नेपालमा वर्षा भइरहेकामा बिहीबारदेखि देशभर फैलिएको वर्षाले ३७ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको हो ।

यो सँगै बाढीको उच्च जोखिम बढेको छ। देशभर बर्षले जनजिवन प्रभावित पारेको छ।जल तथा मौसम विज्ञान विभागको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार नारायणी, बागमती, तिनाउ, कोशी, केसलिया,कन्काई, मेची तथा शिवालेकको पर्सा क्षेत्रमा वर्षाले चेतावनी तह पार गरेको छ ।त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ ।

खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक जहाज हल्लाउने, डाइभर्ट हुने क्रम बढेपछि प्राधिकरणले भोलि शनिबार मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान नगराउने भएको हो । 

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता