काठमाडौं। जापानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।जापानको समय अनुसार बुधबार राति ११ बजेर १५ मिनेटमा पश्चिमी तटीय शिकोकु टापुमा ६.४ म्याग्निच्युडको भूकम्प गएको जापान सरकारले जनाएको छ।
भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा महसुस गरिएको थियो ।भूकम्पपछि सुनामीको खतरा रहेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हालसम्म भूकम्पले पुर्याएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!