जिरीमा आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानध्यापक प्रकाउ 

दोलखा  ।  यौन दुर्व्यबहारको आरोपमा जिरी नगरपालिका स्थित जेम एकेडेमीका प्रधानध्यापक भक्तराज बोहोरालाई प्रहरीले पक्राउ गरेका छन ।

जिरी नगरपालिका – ६ स्थित जेम एकेडेमीका प्रअ भक्तराज बोहोराले छात्रालाई दुर्व्यबहार गरेको भन्दै उक्त विद्यालयमा अध्ययनरत विधार्थीहरुले तोडफोड सहित बोहोरालाई कुटपिट गरेका थिए । 

विधार्थीहरुका अनुसार विद्यालयको होस्टलमा बस्ने छात्रालाई प्रअ बोहोराले पटक–पटक यौन दुर्व्यबहार गर्दै आएका र उक्त घटना सार्वजनिक भएपछि आक्रोशित विधार्थीले नारावाजी सहित प्रअको कार्यकक्षमा तोडफोड गरेका हुन ।

इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक शरण महर्जनका अनुसार विद्यालयमा नारावाजी र तोडफोड भएपछि प्रअ बोहोरालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको बताएका छन ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता