आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारजिरी दोभान गाउँका २७ घर पहिरोको उच्च जोखिममा 

जिरी दोभान गाउँका २७ घर पहिरोको उच्च जोखिममा 

by herdaherdaimedia
0 comments 3 views

दोलखा। दोलखाको जिरी नगरपालिका –३ स्थित दोभान गाउँका २७ घरधुरी पहिरोको उच्च जोखिममा परेको छ । गत श्रावण १० गते परेको अविरल वर्षाका कारण आएको पहिरोले बस्ती आसपासमा क्षतिग्रस्त बनाएपछि दोभान गाउँ अहिले पहिरोको उच्च जोखिममा परेको हो ।

बस्तिको चारैतिरबाट आएको पहिरोले यतिबेला दोभान बस्तिका अधिकांश स्थानीयहरु उच्च जोखिम मोलेर बस्न बाध्य भएको स्थानीयहरुको भनाइ छ । स्थानीयका अनुसार आफुहरु मृत्युको दोसाँधलाई अङगालेर बस्न बाध्य भएको र समयमै सम्बन्धित निकायले ध्यान नदिए सिङ्गो बस्तिलेनै ठूलो बज्रपात बेहोर्नुपर्ने चिन्ताले पिरोलेको गुनासो गरेका छन् । पहिरोको जोखिमबारे आफुहरुले वडा र नगरपालिकालाई जानकारी गराए पनि खासै वास्ता नगरेको र एउटा एउटा त्रिपाल वितरण गरेर टारेको स्थानीयहरु बताउँछन् । अहिलेसम्म आफुहरुले अमुल्य भोट दिएर विजय गराएका जनप्रतिनिधिहरु सम्पर्क बिहिन जस्तै भएको र जिरी नगरपालिका -३ को दोभान बस्ती कर्णालीमा परिणत भएको उहाँहरुको भनाइ छ ।

सिङ्गो बस्तिनै पहिरोको उच्च जोखिममा परेकोबारे आफुलाई जानकारी भएपछि नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गुभाजु आइतबार स्थलगत अनुगमनका लागि उक्त स्थानमा पुगेका थिए । स्थलगत अनुगमनका लागि युवा नेता प्रदेश सदस्य गुभाजु र रिपोर्टिङका लागि जिरीका पत्रकार नबिन सुनुवार उक्त बस्तीमा पुगेपछि पहिरो पीडितहरुमा थप खुशी मिलेको थियो । अहिलेसम्म कोहि मिडिया र राजनिती दल नआए पनि पहिरो पीडितको गुनासो सुन्न र समाधानको विकल्पमा लैजान आफुहरु आएकोमा पीडितहरुले खुशी व्यक्त गर्दै आफुहरुले चाडै जोखिमबाट छुटकाराको अपेक्षा गरेको बताए। 

स्थलगत अनुगमन पश्चात् दोभान गाउँ साच्चै पहिरोको उच्च जोखिममा रहेकोले आफ्नो व्यक्तिगत र पार्टीको तर्फबाट राहतको पहल गर्ने प्रदेश कमिटी सदस्य गुभाजुले पहिरो पीडितलाई प्रतिबद्धता व्यक्त गरे । 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment