दोलखा ।
जिरी नगरपालिकाको अन्तर विद्यालय स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आजबाट सुरु भएको छ । जिरी माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य माननीय सांसद गंगा कार्की (विश्व) ले उद्धघाटन गरेका थिए।
कार्यक्रमको उद्धघाटन गर्दै सांसद कार्कीले खेलकुद क्षेत्रको विकासलाई संघीय सरकारले प्राथमिकतामा राखेको बताल । यसरी पालिकास्तरमा हुने प्रतियोगिताले खेलको विकासमा सहयोग पुग्ने उहाँको भनाई छ ।
प्रतियोगितामा जिरी नगरपालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको छ । जसअन्तर्गत गर्जाङढुङ्गा मावि, जिरी मावि, बौद्धभुवनेश्वर मावि, ढुङगेश्वरी मावि, सहिद स्मृति आवासीय मावि, जेम एकेडेमी, कालिका माबी, ठुलोपातल मावी र सरस्वती सामुदायिक माविका खेलाडिहरुको सहभागिता रहेको जिरी नगरपालिकाले जनाएको छ ।
जिरी नगरपालिकाको आयोजना तथा जिरी माध्यमिक विद्यालयको व्यवस्थापनमा आजबाट सुरु भएको प्रतियोगिता माघ २१ गतेसम्म सञ्चालन हुनेछ । जिरी माविको प्राङ्गणमा भैरहेको प्रतियोगितामा भलिवल, कबड्डी, एथलेटिक्स तथा हाईजम्प, लङजम्प र ज्याभलिङ थ्रो लगायका खेलहरु हुने आयोजक टिमले जनाएको छ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!