जिलुमा टेम्पु दुर्घटना हुदाँ चालकसहित ४ जना घाइते , ३ जनालाई ट्रमा सेन्टर काठमाडौं रिफर गरियो

दोलखा। जिल्लाको भिमेश्वर नगरपालिकामा टेम्पु दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन्। बिहिबार बेलुका सदरमुकाम चरिकोटबाट जिलु तर्फ जादै गरेको टेम्पु भीमेश्वर नगरपालिका–४ स्थित जिलुमा दुर्घटना भएको हो।

 दुर्घटनामा परि जिलुकी २० वर्षीया कोपिला चौलागाई, २८ वर्षीया अन्जु केसी, २८ वर्षकै सविता केसी र चालक ३१ वर्षीय दिपेन्द्र चौंलागाई घाइते भएका छन्। घाइते मध्ये चालक बाहेकको अवस्था गम्भीर रहेकोले सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा सामान्य उपचार गरि ट्रमा सेन्टर काठमाडौं पठाएको वडा अध्यक्ष तारानाथ चौलागाईंले जानकारी दिए । 

बाटो निर्माणका क्रममा सडकमै थुपारिएको ग्राभेल छल्न खोज्दा टेम्पु सडकबाट करिब १२० मिटर तल खसेको थियो

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता