अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जिरीलाई

राजकुमार भुजेल,दोलखा।

दोलखामा जारी जिल्ला अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जिरीले हात पारेको छ । बिहिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको दो जोडि.एस.एफ कप-२०८१ मा विगु गाउँपालिकालाई हराउदै जिरी नगरपालिकाले उपाधि जितेको हो ।

जिरीले उपाधि हातपारेसँगै विगु गाउँपालिका उपविजेता बन्दै दोस्रो बनेको छ । त्यस्तै कालिञ्चोक गाउँपालिका तृतीय भएको  छ ।उक्त प्रतियोगितामा प्रथम, दितिय, तृतीय हुने टिमले क्रमश क्रमश: ५० हजार,३० हजार ,२० हजार सहित ट्रफि ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।

दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा सोमबारदेखि सुरु भएको सो प्रतियोगितामा ११ वटा टिमको प्रतिस्पर्धा रहेको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता