दोलखा। सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय दोलखाले सडकमै अटो सवारी चालकलाई प्रशिक्षण दिन सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय दोलखाको आयोजना तथा ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईको सक्रियतामा अटो चालकहरुलाई सडकमै प्रशिक्षण दिन सुरु गरेको हो ।
‘ट्राफिक नियम जानौ र मानौ आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ अभियानका साथ सचेतना अभियान सुरु गरेको ट्राफिक प्रमुख भट्टराईले जानाकारी दिए । उनका अनुसार चालकलाई सडकमै करिब आधा घण्टा समय लियर प्रशिक्षण दिन थालेको हो । सड्कमा तीब्र गतिमा सवारी चलाउँदा पर्न जाने समस्यासँगै बढ्दो दुर्घटना न्यूनिकरणलाई घटाउन भन्दै अभियान सुरु गरेको बताए। सवारी चालकलाई प्रशिक्षण दिँदै भट्टराईले भने ‘तीब्र गति जीवनको क्षती भन्ने कुरालाई मनन गरेर सिट क्षमता भन्दा वढी यात्रु नराखाैं, जिम्मेवार चालक बनेर दुर्घटना न्यूनिकरण गरौ ।’
प्रमुख भट्टराईले अटो चालकहरुलाई सदरमुकाम चरिकोट स्थित सातदोबाटोमै सवारी चालक, सवारी धनी र सर्वसाधारणलाई दुर्घटना न्यूनिकरण गर्न जिम्मेरवारी बन्न आग्रह गरे । जिल्ला ट्राफिक कार्यालय दोलखामा हालै नयाँ ट्राफिक प्रमुख भट्टराई आएपछि जिल्लाको ट्राफिक उलङ्घन तथा न्युनिकरणमा उल्लेखनीय सकारात्मक भूमिका खेलेको पाइन्छ। सदरमुकाम चरिकोटमा गत वर्षहरुमा सदैब जसो सडक ट्राफिक नियम पालना प्रतिको कर्तव्य र ट्राफिकको दायित्व अस्तव्यस्त बनेको बेला हाल जिल्लामा ट्राफिक प्रमुख भट्टराईको आगमन सँगै बजारको सौन्दर्य तथा ट्राफिक नियम, दुर्घटनाको कमी भएको यहाँका सर्वसाधारण तथा सवारी चालकहरुको भनाई छ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!