दोलखा। जिल्ला ट्राफिक कार्यालयमा राजस्व सङ्कलनमा कमी आएको छ । कार्यालयले अत्याधिक भार बोक्दै आएका तथा नियम उलङ्घन गर्ने साना ठुला सवारीसाधनलाई कारबाही गरे बापतको राजस्व सङ्कलनमा कमि आएको हो।
कार्यालयको तथ्यांक अनुसार गत साउन १६ गते देखि हालसम्म ३ लाख ९७ हजार ५ सय राजस्व सङ्कलन गरेको छ। यो गत महिनाहरुको तुलनामा घटेको छ। जिल्लामा टिभीआरएस प्रणाली सिस्टम लागु गरे सँगै राजस्व सङ्कलनमा कमि आएको कार्यालयले जनाएको छ। कार्यालयको तथ्याङ्कमा उल्लेख भएअनुसार यो अवधिमा ३ सय ६७ वटा ठुला तथा साना सवारीसाधन कार्वाहीमा परेका छन्। जसमा नियम उल्लघंन गर्नेमा धेरै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन रहेको ट्राफिक प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए। उनकाे अनुसार राजस्व सङ्कलन कमि आए सँगै ट्राफिक दुर्घटना न्यूनिकरणमा टेवा पुगेको छ।
जस अन्तर्गत यो समयमा एउटा मोटरसाइकल सामान्य दुर्घटनामा परेको तथ्याङ्कमा देखिन्छ । जिल्लामा ट्राफिक प्रमुख भट्टराईको नेतृत्वमा खटेको ट्राफिक व्यवस्थापनमा भएको कडाईले राजस्व सङ्कलनमा कमि र दुर्घटना न्यूनिकरण हुदैँ गएको पाइन्छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!