दोलखा। जिल्लाको गौरीशंकर गाउँपालिका – २ जुँगुमा गैरी सामुदायिक स्वास्थ्य इकाई उदघाटन गरिएको छ । बिहिबार सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको हो ।
इकाईको उद्घाटन गाउँपालिकाका अध्यक्ष बिश्वास कार्कीले एक कार्यक्रमका बीच गरेका थिए। इकाईको उद्घाटन गरेसँगै इकाईले आजै देखि सेवा दिएको छ।
त्यस्तै वडा अध्यक्ष रोहित बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा पालिका स्वास्थ्य अधिकृत बसन्त रेग्मी,बुद्धिजिवी, स्वास्थ्यकर्मी, लगायतको उपस्थिती रहेको थियो।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!