आजको मिति:

२०८२ भाद्र १९ बिहीबार
Thursday, September 4, 2025
२०८२ भाद्र १९ बिहीबार
Home घटना/परिघटनाजुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

by herdaherdaimedia
0 comments 8 views

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगर डेरा गरी बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–८ घर भएकी ४५ वर्षीया लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment