जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं, भक्तपुर र कास्कीबाट २१ जना पक्राउ परेका छन् ।

काठमाडौं, गोकर्णेश्वतर नगरपालिका–६ नयाँबस्ती बिपुलचोक डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–३ घर भएकी डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पा लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय ५० रुपैयाँ र १ एक बुक ताससहित पक्राउ गरेको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका–९ घर भएका २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ६ सय ५५ रुपैया र २ बुक ताससहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–४ मानवअधिकार चोकस्थित सोही महानगरपालिका–१५ रामजवार बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ३२ वर्षीय यम बहादुर गुरुङले संचालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसमेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४६ हजार ९ सय ७५ रुपैया र १ सय ६० पत्ती ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता