ज्ञानेन्द्र राजा बन्न लायक व्यक्ति होइनन्, राप्रपा अध्यक्ष बनुन्ः देउवा

काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै सम्भावना नभएको दाबी गरेका छन् ।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको भन्दै उनलाई राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका हुन् ।

ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् । यदि उनलाई राजनीति गर्नु छ भने राप्रपाले पार्टी सभापति बनाएर राजनीति गर्न सक्छन्,’ देउवाले भने, ‘त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । राप्रपाले पनि समस्यामा पर्छ ।’

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता