काठमाडौँ, साउन १६ – नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालले एमालेबाट अलग भएर नयाँ पार्टी गठन गर्नु गल्ती भएको स्वीकार गरेका छन्। पत्रकार जगदीश खरेलसँगको कुराकानीमा खनालले तत्कालीन विभाजनलाई न्यायोचित ठहर गर्न नसकिएको स्पष्ट पारे।
“एमालेमा रगत, पसिना बगाएर पार्टी बनाइयो, लडाइँ गरियो, जेल नेल खाइयो। त्यो पार्टीप्रति अझै माया छ,” खनालले भने, “व्यक्तिप्रति होइन, तर संस्थाप्रति अनुराग छ। त्यस्तो संस्थाबाट विद्रोह गर्नु सही थिएन।”
एमाले विभाजनको आत्मालोचना
खनालले एमाले एक संस्थागत कम्युनिस्ट आन्दोलन भएको उल्लेख गर्दै त्यसलाई छाड्नु राजनीतिक दृष्टिले गलत निर्णय भएको बताए। अध्यक्ष केपी ओलीको व्यक्तिगत व्यवहारप्रति असहमति भए पनि पार्टीको संस्थागत संरचनासँग असहमत हुनु उचित नठहरिएको उनको भनाइ छ।