झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘सम्हालिने प्रयासमा बजार’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.८० अंकले बढेर २ हजार ७८६.४० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४९८.१५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर १३ अर्ब ७२ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्, ‘विगत एक महिनादेखि बढिरहेको बजारमा हिजोआज केही नाफा बुक भएको देखिन्छ । लगातार घटिरहेको बजारमा आज सामान्य अंकको भएपनि वृद्धि हुनुलाई बजार सम्हालिदै गरेको भन्न सकिन्छ । यद्यपी यसको पृष्टि भने आगामी कारोबारले गर्नेछ ।’

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता