आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home खेलकुदटप एण्ड टी-२० सिरिज: आज पाकिस्तानसँग भिड्दै नेपाल

टप एण्ड टी-२० सिरिज: आज पाकिस्तानसँग भिड्दै नेपाल

by herdaherdaimedia
0 comments 15 views

काठमाडौं। टप एण्ड टी-२० सिरिजमा आज नेपालले पाकिस्तानसँग भिड्दैछ । सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो।

यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ। जसमध्ये दुई खेलमा विजयी हुँदा तीन खेल गुमाएको छ । सिरिजमा सहभागी ११ टिममध्ये अंक तालिकाको सातौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।

चार अंकसहित तालिकाको सातौं स्थानको नेपालले पाकिस्तानलाई पराजित गरेमा सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना कायम रहन्छ। ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको पाकिस्तान विजयी भए नेपाल समूहचरणबाट बाहिरिने छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment