टी- २० विश्वकप: वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौँ । आइसीसी टी – २० विश्वकप अन्तर्गत समूह डी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ। फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षा भएपछि मैदान भिजेको थियो जसको कारण दुवै टोलीले १/१ अंक बाँडेका छन्।

नेपालको यससँगै २ खेलमा नेपालले पहिलो १ अंक जोडेको छ। यता ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ। बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा २/२ अंक छ।

नेपालले अब आगामी शुक्रबार दक्षिण अफ्रीका र आइतबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता