आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको अन्तरिम आदेश

by herdaherdaimedia
0 comments 7 views

काठमाडौं। ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि कारण देखाऊसहित अन्तरिम आदेश जारी भएको हो। सर्वोच्चमा कृष्ण विकसहितले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए। 

गत जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवकको रुपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए। 

उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment