आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home खेलकुदडाँडाखर्क माविको हातमा मेलुङ राष्ट्रपति रनिङ शिल्डको उपाधी

डाँडाखर्क माविको हातमा मेलुङ राष्ट्रपति रनिङ शिल्डको उपाधी

by herdaherdaimedia
0 comments 4 views

दोलखा । मेलुङ गाउँपालिकाको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी डाँडाखर्क माविले जितेको छ । विद्यालयले ९ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १७ पदक प्राप्त गरेको छ ।

त्यस्तै, द्वितिय हुने त्रिभुवन मावि मेलुङले ५ स्वर्ण, ८ रजत र ४ कास्य तथा तृतीय हुने लक्ष्मी मावि घ्याङले ४ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा मेलुङ गाउँपालिका भित्रका ११ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिता विहिबारदेखि आइतबार सम्म चलेको थियो । मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले विजयी खेलाडीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment