“डाँफे मुनाल” म्युजिक भिडियो १२ गते सार्वजनिक, सञ्जीव ठकुरी र बबिता गुरुङको बेजोड अभिनय

अबिरल बस्नेत ` सुरज´

असोज १२ गते सार्वजनिक हुने “डाँफे मुनाल” म्युजिक भिडियोमा स्थापित कलाकार सञ्जीव ठकुरीको बेजोड अभिनय र टिकटकमा चर्चित मोडल बबिता गुरुङको जीवन्त अभिनय रहेको छ । यस भिडियोमा नयाँ कलाकारहरूको पनि सहभागिता रहनेछ ।

गायिका अस्मिता अधिकारी र गायक नरहरी प्रेमीको आवाजमा रेकर्ड गरिएको यो गीतले दोलखाका विभिन्न पर्यटकीय स्थलहरूको प्रचार गर्न मद्दत गर्नेछ। यसमा सुन्दर खड्काको रचना समावेश गरिएको छ।

भिडियोमा दोलखाका पुराना र नयाँ स्थलहरू जस्तै सुन्द्रावती झरना, चौघरा दरबार, र शैलुङका थुम्का समेटिएका छन्। यो गीतले धार्मिक र आन्तरिक पर्यटनको प्रवर्द्धनमा पनि योगदान दिने अपेक्षा गरिएको छ।

निर्देशक अर्पण तामाङको निर्देशनमा तयार भएको यो ७ मिनेटको म्युजिक भिडियोमा प्रेमकथा, नृत्य, र दोलखाका महत्त्वपूर्ण दृश्य समेटिएका छन्।

 

Related posts

नेकपा एकीकृत समाजवादीको चौथो स्थापना दिवस चरिकोटमा मनाइयो

प्रचण्ड र विप्लवबीच हरिसिद्धिमा भेटवार्ता

दोलखामा शैलुङ गाउँपालिका उत्कृष्ट