राजकुमार भुजेल,दोलखा ।
दोलखाको तामाकोशीमा हरिबोधनी एकादशीको फुल तार्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् बेपत्ता हुनेमा मेलुङ गाउँपालिका – १ जामुनेका अन्दाजी २२ वर्षिय राजेन्द्र बुढाथोकी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बुढाथोकी आज बिहान करिब १० बजेर ४० मिनेटमा तामाकोशी नदी स्थित चैतेघाटमा एकादशी पुजा लगाई फुलको डोरी तार्ने क्रममा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए।
अहिले उनको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!