दोलखा। तामाकोशी गाउँपालिकामा बाल विवाह न्यूनिकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ। शनिबार तामाकोशी गाउँपालिकाको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय चरिकोट दोलखाको सहयोगमा पालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एक दिने अभिमुखीकरण कार्यक्रम जिल्ला ट्राफिक कार्यालय दोलखा प्रमुख ठाकुर प्रसाद भट्टराईले प्रशिक्षण दिएका थिए। उनले सो अवसरमा एक दिने अभिमुखीकरण कार्यक्रमले बालबालिकाहरुमा जानकारी मुलक कार्यक्रम भएको बताए।बाल विवाह गरेर गएपछि शारिरिक एवम मानसिक अवस्थाबाट गुज्रिनुपर्ने बाध्यता र मानसिक सन्तुलन कम हुँदै जाने सोच्ने, बोल्ने व्यवहारमा परिर्वतन आउने भएकाले बालविवाह गर्न नहुने बताए ।बाल विवाह भइसकेपछि बच्चाहरु जन्माउदा पनि उमेर पुगेपछि बच्चा जन्माउनुपर्छ भन्ने निर्णय लिन नसक्दा उहाँहरु कुपोषित हुने हुन्छ’,उनले भने ।’ त्यस्तै गाउँपालिका अध्यक्ष केसीले हाम्रा बालबालिका उमेर नपुगेर बिवाह गर्दा यस्तो समस्या आउँछ उमेर पुगेपछि मात्र विवाह गर्दा उनीहरुले निर्णय लिन सक्ने र भोलीका दिनहरुमा पनि बिहे गरेर गएको घरमा फिट हुन सक्ने भएकाले बाल विवाह अन्त्यका लागि यो कार्यक्रम हुनेमा विश्वास व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सिर्जना खड्का सुवेदी,गाउँपालिका भित्रका माध्यमिक विद्यालय अन्तरगतका विद्यालयका बाल क्लबका विद्यार्थी , जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी सहायक हवल्दार अन्जन घिमिरे,वडा नं ५ का वडा अध्यक्ष शम्भु प्रसाद फुयाल, शिक्षक, गाउँपालिकाका कर्मचारी, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!