तामाकोशी नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता,खोजी कार्य जारी

दोलखा। दोलखाको तामाकोशी नदीमा पौडी खेल्ने क्रममा दुइ जना बेपत्ता भएका छन्। शुक्रबार दिउँसो गौरीशंकर गाउँपालिका –८ खारेका अन्दाजी २५ वर्षिय सिमबहादुर तमाङ र २७ वर्षिय जयबहादुर तमाङ बेपत्ता भएका हुन्।

हिजो दिउँसो मलामी गएर घर फर्किने क्रममा तामाकोशी नदीमा पौडी खेल्न भनि हिँडेका उनिहरु बेलुका सम्म घर फर्केर आएनन्। अबेरसम्म पनि घर फर्केर नआएपछि परिवार तथा स्थानियहरुले खोजि कार्य गर्न सुरु गरेका थिए।

अहिले घटनास्थलमा खटिएको प्रहरी तथा स्थानियले उनीहरुको खोजी कार्य सुरु गरेका छन् ‌।उनिहरुलाई पौडि खेल्ने क्रममा तामाकोशीले बगाएर बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता