तिहार नजिकिएसँगै सदरमुकाम चरिकोटमा किनमेल गर्नेको चहलपहल बढ्न थाल्यो 

हेर्दाहेर्दै डेक्स,दोलखा।

नेपालीहरुको महान चाड दीपावली नजिकिएसँगै सदरमुकाममा तिहारको सामान खरिद गर्नेहरुको भिडभाड बढेको छ। तिहार लागेसँगै दोलखाका मुख्य व्यापारीक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो भिड देखिन थालेको हो।

तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, सप्तरंगी टीकालगाएतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न सुरु भएकाे छ।लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ।

त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता