आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारतीजको अवसरमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक पर्चा वितरण

तीजको अवसरमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक पर्चा वितरण

by herdaherdaimedia
0 comments 5 views

दोलखा। दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा शुक्रबार ट्राफिक प्रहरीले ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक पर्चा वितरण गरेको छ ।‌ महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा ट्राफिक कार्यालय दोलखाका प्रमुख (ट्राफिक प्रहरी सहायक निरीक्षक) ठाकुर प्रसाद भट्टराई र सातदोबाटो प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (असई) कुवेर राउतको सहयोगमा पर्चा वितरण गरेको हो। 

सदरमुकाम चरिकोटमा तीज मनाउन एकै ठाउँमा जमघट भएका सम्पुर्ण महिला लगायत अन्य सर्वसाधारणलाई पर्चा वितरण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख भट्टराईका अनुसार महिलाहरूलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक सन्देश फैलाउने उद्देश्यले उनिहरुलाई जेब्रा क्रसिङको पालाना, सुरक्षित सडक प्रयोगको पालना सहित ट्राफिक नियम सम्बन्धी विभिन्न संदेशमूलक जानकारीहरु गराएको बताए । 

ट्राफिकले वितरण गरेको पर्चामा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, अपनाउनुपर्ने सावधानीहरु र गर्नु÷नगुर्नपर्ने करीब २० वटा भन्दा बढी प्रकारका संदेशमूलक जानकारीहरु उल्लेख गरिएको थियो । यसअघि ट्राफिक प्रहरी प्रमुख भट्टराईको नेतृत्वमा जिल्लामा चल्ने साना तथा ठूला सवारीसाधनलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरि पर्चा वितरण गरिसकेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment