राजकुमार भुजेल,दोलखा।
आगामी फागुन ६ गते देखी १८ गते सम्म तेस्रो बृहत दोलखा महोत्सव २०८१ सुरु हुने भएको छ। दोलखा उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव सञ्चालन गर्न लागेको हो।सोमबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मलेनको आयोजना गर्दै जिल्लाको आर्थिक वृद्धि तथा विकासको लागि महोत्सव गर्न लागेको संघका अध्यक्ष इन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सवमा स्थानीय स्तररमा उत्पादित वस्तुलाई विशेष प्राथमिकता दिइने छ।
१२ दिन सम्म सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा सञ्चालन हुने उक्त महोत्सवमा गत वर्षहरु को महोत्सव भन्दा यो महोत्सवलाई प्रभावकारी बनाइने बताए।महोत्सव अवधिभर जिल्लाका समग्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक झाँकीहरूको प्रर्दशनी गरिने,राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातीप्राप्त कलाकारहरूको सांकृतिक प्रस्तुती गरिने ,स्थानीय उत्पादन तथा जिल्लाका धार्मिक, साँस्कृतिक एवम् पर्यटकीय स्थलहरूको डिजिटल डिस्प्लेमार्फत वृत चित्रप्रर्दशनी देखाइने बताए।
महोत्सब स्थल देखि भ्यूटावरहुँदै देउरालीसम्म घोडचडी संचालन, बालबालिकाका लागि आकर्षक खेलहरु संचालन,बागमती प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिता,विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना,क्याम्पस स्तरीय नृत्य प्रतियोगिता आयोजना,विभिन्न खेलकुद प्रतियोगिता गरिनुका साथसाथै उत्कृष्ट कृषक तथा उद्यमी सम्मान तथा पुरस्कार वितरण गरिने संघले जनाएको छ। त्यस्तै संघका महासचिव सुरेश उप्रेतीले यो महोत्सवमा १ लाख बढी दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको बताए।
कृषि क्षेत्र, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर दोलखाका ऐतिहासिक स्थलहरू भिमेश्वर मन्दिर, कालिञ्चोक, शैलुङ,जिरी, च्छोरोल्पा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नपनि महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको संघका सल्लाहकार रामेश्वर मानन्धरले बताए।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!