आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारतेस्रो बृहत दोलखा महोत्सव: दोस्रो दिनमा झण्डै ५ हजारले गरे अवलोकन, १५ लाखको कारोबार

तेस्रो बृहत दोलखा महोत्सव: दोस्रो दिनमा झण्डै ५ हजारले गरे अवलोकन, १५ लाखको कारोबार

by herdaherdaimedia
0 comments 7 views

दोलखा।

दोलखामा जारी “तेस्रो बृहत दोलखा महोत्सव २०८१” मा दर्शकको घुइँचो बढ्न थालेको छ।

गत मंगलबारदेखि सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा भइरहेको सो महोत्सवमा दोस्रो दिन करिब ५ हजारको हाराहारीमा आन्तरिक तथा वाह्य दर्शकले अवलोकन गरेका दोलखा उधोग वाणिज्य संघले जनाएको छ। 

संघको अनुसार उद्घाटनको पहिलो दिनको अवलोकनका कुनैपनि तथ्याङ्क नराखेको तर दोस्रो दिनमा मात्र उक्त दर्शकले महोत्सव अवलोकन गरेका हुन्।

त्यसो त दोस्रो दिन अर्थात हिजो दर्शकले रुचाएका चर्चित गायिका प्रिती आले, गायक रमेशराज भट्टराई र अर्कि गायिका ऋतु कंडेलको प्रस्तुति रहेको थियो। सो अवधिमा १५ लाखको कारोबार भएको संघले जनाएको छ।

महोत्सव १८ गतेसम्म चल्नेछ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment