दोलखा।
दोलखामा सञ्चालन भइरहेको तेस्रो बृहत दोलखा महोत्सवको अवसरमा “दोस्रो व्याडमिन्टन प्रतियोगिता” सुरु गरिएको छ। बिहिबार देखी भिमेश्वर व्याडमिन्टन हलमा भिमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख मानन्धरले पछिल्लो समयमा नेपालले खेलकुद मार्फत राम्रो प्रस्तुति राखेकोले देशको नामलाई अगाडी ल्याउन सफल रहेको भन्दै जिल्लामा पनि त्यस्ता प्रतिभा निकाल्नको लागि विभिन्न समयमा खेलहरुको आयोजना गर्नु आजको आवश्यक्ता रहेको बताए । उनले दोलखा उधोग वाणिज्य संघलाई महोत्सव सफलताको शुभकामना दिँदै खेलाडीहरुलाई खेल अनुशासित, मर्यादित, संयमित र उत्साहित भएर खेल्न आग्रह गरे । त्यति मात्र नभइ बजारको आर्थिक अवस्थालाई मध्यनजर गर्दे कतैपनि हिचनकिचाइ भिमेश्वर नगरपालिका र विभिन्न संघसंस्थालाई समन्वय गरेर अघि बढ्न समेत संघलाई अनुरोध गरे।
प्रतियोगितामा खुल्ला तर्फ १६ टिम ,भेटान ७ टिम र अन्डर १५ गरी ३५ वटा टिमको सहभागीता रहेको छ। जसमा ४५ वर्ष भन्दा माथि र १५ वर्ष मुनिका खेलाडीहरुलाई छुट्टाछुट्टै विधामा प्रतियोगिताको आयोजना गरेको छ। गत ६ देखी सुरु भएको महोत्सव आउदो फाल्गुन १८ गतेसम्म चल्नेछ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!