आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदलित समुदायका बालबालिकालाई बिमा कार्ड वितरण

दलित समुदायका बालबालिकालाई बिमा कार्ड वितरण

by herdaherdaimedia
0 comments 9 views

दोलखा।

दलित समुदायका बालबालिकालाई बिमा कार्ड वितरण गरिएको छ । आइतबार गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित जुँगुका दलित समुदायका बालबालिकालाई सो कार्यक्रम गरिएको हो। 

चालु आर्थिक वर्ष २०८१/०८२ को दलित लक्षित कार्यक्रम अन्तरगत वडामा स्थायी बसोबास गर्ने दलित समुदायका पाँच वर्षसम्मका बालबालिकाहरूको लागि सो कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा १० जना बालबालिकाको बीमा भएसँगै घरपरिवारको सदस्य सहितले अब नेपाल सरकारको प्रचलित स्वास्थ्य बीमा अनुसार सुविधा लिने पाउने बताइएको छ । 

कार्ड सँगसँगै बालबालिका, अभिभावक, जनप्रतिनिधि ,स्वयंसेविका, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा कुखुराको चल्ला तथा दाना समेत वितरण गरिएको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment