दशैँतिहारमा ट्राफिक प्रहरीको सक्रियता: दोलखाका ४ ठाउँमा सहायता कक्ष स्थापना, ५ ठाउँमा चेकजाँच 

राजकुमार भुजेल, दोलखा 

 दशैँ, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय दोलखाले यात्रु सहायता कक्षा स्थापना गरेको छ। चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि जिल्लाको खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी ,जिरीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षमा उजुरी वा गुनासो गर्ने व्यवस्था र टाइमकार्ड वितरण गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख (डिएसपी) युवराज खड्काले बताए।काठमाडौंबाट प्रवेश गर्ने पहिलो खरिढुङ्गा सहायता कक्ष सोमबार जिल्ला प्रमुख अधिकारी टुवाराज पोख्रेलले उद्घाटन गरे ‌।

यात्रु सहायता कक्षमार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए।‌

 त्यस्तै गत असोज ११ र १२ गते आएको बाढीपहिरोले जिल्लाका विभिन्न पक्कि पुलहरू बगाउँदा काठमाडौं आउने जाने रामेछाप, मन्थली, सोलुखुम्बु लगाएतका सवारीसाधन दोलखा हुदैँ जादाँ सवारीसाधनको चाप बढेको छ। 

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता