आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerदशैंको मुखैमा बजगाईले ल्याए तामाकोसी तरेर गईहाल्यौ बोलको गीत 

दशैंको मुखैमा बजगाईले ल्याए तामाकोसी तरेर गईहाल्यौ बोलको गीत 

by herdaherdaimedia
0 comments 6 views

काठमाडौँ । नेपालीहरुको महान चाड दशैं तथा तिहारको चहलपहल सुरु हुँदै गर्दा गायक नवराज बजगाईले तामाकोसी तरेर गइहाल्यौं बोलको लोक दोहोरी गीत आज युटुव मार्फत सार्वजनिक गरेका छन् ।नवराज बजगाई र पूर्णकला विसीको सुमधुर स्वरमा सो गीत सजिएको छ ।

बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा साया भण्डारी र सुमन काफ्लेसहित नवकलाकार बिवेक भुषण दाहाल लगायतलाई देख्न सकिन्छ । इन्जिनियर समेत रहेका नवराज बजगाई ले यस अगाडि पनि दुईवटा साङ्गतिक एल्बमहरु सार्वजनिक गरिसकेका छन् ।

दोलखाको तामाकोसी गाउँपालिका स्थायी घर भएका बजगाईले तामाकोसी तरेर गइहाल्यौं भन्ने बोलको गीतले प्रेमिप्रेमिकाको बिछोडलाई कलात्मक तवरबाट दर्शकमाझ प्रस्तुत गरेका छन् ।

बजगाईको गीत नामको युटुव च्यानलमार्फत सुन्न तथा हेर्न सकिन्छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment