आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारदशैँ मनाउन काठमाडौं उपत्यकाबाट एक सातामा १३ लाख मानिस बाहिरिए

दशैँ मनाउन काठमाडौं उपत्यकाबाट एक सातामा १३ लाख मानिस बाहिरिए

by herdaherdaimedia
0 comments 17 views

काठमाडौं ।

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त सङ्ख्या आज (शुक्रबार) सम्मको हो।

अठार लाख मानिस दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए।

‘हामीले यस वर्ष दशैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ’ , उनले भने, ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।’

अघिल्लो वर्षको दशैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment