आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारदाेलखाकाे शैलुङमा घण्टी चाेरी भएसँगै सराेकारवालाहरूकाे चासाे ,प्रहरी भन्छ चाेर खाेज्दैछाैं

दाेलखाकाे शैलुङमा घण्टी चाेरी भएसँगै सराेकारवालाहरूकाे चासाे ,प्रहरी भन्छ चाेर खाेज्दैछाैं

by herdaherdaimedia
0 comments 4 views

दोलखा।

दाेलखाकाे शैलुङ गाउँपालिका – ८ फलाम पोखरी मन्दिर परिसरमा रहेकाे घण्टी अचानक चाेरी भएपछि सराेकारवालाहरूले चासाे दिएका छन् । वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ साेभित उप्रेतीले संरक्षणको पर्खाइमा रहेको एक प्राचीन मन्दिरबाट लिच्छविकालीन इतिहास बोकेको ५०० बर्ष भन्दा पनि पुराना पुरातात्विक महत्त्वकाे घण्टी हराउनु दुखद भएकाे बताए ।  

स्थानियबासी तथा राप्रपाका केन्द्रिय सहायक काेषाध्यक्ष समेत रहनु भएका उप्रेतीले शैलुङकाे बिकासमा तिब्रता दिदै जाँदा यस्ता घटना घट्नु दुखद रहेकाे बताएका हुन्। उप्रेतीले घण्टी चाेरी गर्ने जाेकाेहिलाई कानुनी कारबाही गर्न स्थानीय प्रशासन समक्ष आग्रह गरेका छन् । उनले राज्यले संरक्षण गर्नुपर्ने पुरातात्त्विक महत्त्वका सामाग्री संरक्षण गर्न राज्यका निकायनै उदासिन हुँदा यस्तो घटना बढेकाे बताए । उप्रेतीले यस्ता घटनामा संलग्न चाेरहरूलाई कुनै राजनीति दलहरूले संरक्षण नगर्न पनि आग्रह गरे । घण्टी चाेरी भएकाे केही दिन बित्दा पनि समबन्धित निकायबाट खासै चासो नदेखाएपछि स्थानियहरूले सामाजिक संञ्जालमा मार्फत पनि राेस प्रकट गरिरहेका छन् । 

यस घटना बारे जिल्ला प्रहरी कार्यलय दाेलखाका निमित्त प्रहरी प्रमुख दाताराम अधिकारीले प्रहरीकाेमा निबेदन आएकाे र चाेरी भएकाे भन्ने थाहा पाएकाेले शुक्ष्मढंगले अनुशन्धान भईरहेकाे बताए । घण्टी चाेरी गर्ने चाँडै पत्ता लाग्ने र कानुनी कारबाही हुने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment