आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerदुगड हाइड्रोको लापरबाहीले दुई कामदार घाइते, धुलिखेल अस्पताल, दोलखामा लगियो

दुगड हाइड्रोको लापरबाहीले दुई कामदार घाइते, धुलिखेल अस्पताल, दोलखामा लगियो

by herdaherdaimedia
0 comments 8 views

अबिरल बस्नेत `सुरज ´

दोलखा । दुगड हाइड्रोपावरको लापरबाहीका कारण दोलखाको विगु गाउँपालिका-१, खरार्नी खोलामा निर्माणाधीन सडकको ब्लास्टिङ गरेर मकिङ फाल्ने क्रममा दुई जना कामदार घाइते भएका छन्।

ब्लास्टिङ गरेर मकिङ फाल्ने क्रममा उछिट्टिएको ढुंगाले जलजला कन्स्ट्रक्सनमा काम गर्ने दुई जना मजदूर गम्भीर घाइते भएका हुन् । उनीहरूलाई तत्कालै धुलिखेल अस्पताल ,दोलखामा पुर्‍याइएको छ। घाइतेहरूको नाम र अवस्था सार्वजनिक नभएको भए पनि उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।

खरार्नी खोलामा भइरहेको ब्लास्टिङको काम दुगड हाइड्रोको व्यवस्थापन अन्तर्गत थियो। ब्लास्टिङका लागि प्रयोग गरिने उपकरण निकाल्ने क्रममा यो घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

यस दुर्घटनापछि स्थानीयबासीले दुगड हाइड्रोको लापरबाहीको विरोध गरेका छन्। उनीहरूले परियोजनामा सुरक्षाको व्यवस्था नमिलाएको र कामदारको ज्यान जोखिममा राखेको आरोप लगाएका छन्। घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment