राजकुमार भुजेल,दोलखा।
दोलखामा दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीको सक्रियता बढ्दै गएको छ। जिल्ला भित्र चल्ने साना तथा ठूला सवारीसाधनलाई सडकमै दुर्घटना न्यूनिकरण सम्बन्धि पर्चा वितरण गर्दै त्यस सम्बन्धि थप प्रशिक्षण दिन थालेको छ।
जिल्लामा मानविय तथा अन्य दुर्घटना निम्त्याउन नदिने उदेश्यले सवारीचालक र व्यवसायीलाई जनचेतना प्रदान गर्न थालेको हो। आइतबार जिल्लाको भिमेश्वर नगरपालिका स्थित लामाेसाँघु जिरी सडक खण्ड अन्र्तगत पर्ने सडकमा सो अभियानलाई तिब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ। सो अभियानमा ठुला तथा साना गरि १ सय ५० वटा भन्दा धेरै सवारीसाधनलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक सन्देश दिएको कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए।ट्राफिक प्रहरीले ट्राफिक नियम मिच्ने सवारीचालकलाई कार्बाही मात्र गरेको छैन। उनीहरुलाई सवारी साधन चलाउदा अपनाउनु पर्ने नियमका बारेमा सचेत सिकाउने गरिएको छ। यसो त जिल्ला ट्राफिक प्रहरी प्रमुख भट्टराईको आगम सँगै ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु भइरहेका छन्।
“हेर्दा हेर्दै डटकम” सँगको कुराकानीमा उनले भने, ‘सडकमा तीव्र गतिले सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढ्छ। तीव्र गतिले सवारीसाधन नचलाउन र सवारीसाधनका कागजात लिएर यात्रा गर्नको लागि सुझाव दिइदै आएका छौँ।’ यस्तै ट्राफिक प्रहरी कार्यालय दोलखाले बिहान करीब ३ घण्टा सडकमै दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिने गरेको छ। जिल्लामा ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु गरेसँगै सडक दुर्घट्ना न्युनिकरण टेवा पुगेको र राजस्व सङ्कलनमा पनि कमि आएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!