आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

देउसी भैलोबाट उठेको रकम एपेक्स स्कूलका विद्यार्थीले जाजरकोट भुकम्प पीडितका...

Home शिक्षादेउसी भैलोबाट उठेको रकम एपेक्स स्कूलका विद्यार्थीले जाजरकोट भुकम्प पीडितका लागि पठाए

देउसी भैलोबाट उठेको रकम एपेक्स स्कूलका विद्यार्थीले जाजरकोट भुकम्प पीडितका लागि पठाए

by herdaherdaimedia
0 comments 4 views

दोलखा । दोलखा भीमेश्वर नगरपालिका ३ स्थित एपेक्स स्कूलका विद्यार्थीहरुले तिहारको देउसी भैलोबाट सङ्कलन भएको रकम जाजरकोट भुकम्प पीडितका लागि सहयोग गरेका छन् ।
तिहारको १ दिन देउसी भैलोबाट उठेको १० हजार रुपैयाँ विद्यार्थीहरुले भुकम्प पीडितका लागि सहयोग गरेका हुन् ।

विहीबार एक कार्यक्रमका बीच विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र विद्यार्थीबीच अन्तर्क्रिया कार्यक्रम समेत भएको थियो ।

स्कुलका पिन्सिपल नसिव कायस्थले सामाजिक भाईचारा र सद्भावना कायम राख्दै देउसीबापतको रकम भुकम्प पीडितका लागि सहयोग गरेकोमा विद्यालय परिवार खुशी भएको बताए । विद्यालयले दिएको सँस्कार सहितको शिक्षा प्रयोगात्मक भएको देख्दा आफु निक्कै हर्षित भएको उनले बताए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment